ताप्लेजुङको फुङलिङ नगरपालिका- १० स्थित दारेढुंगाको जंगलमा आज हेलिकोप्टर दुर्घटनामा परी पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको ज्यान गएको खबरले हामी स्तब्ध भएका छौं।
हेलिकप्टरमा सवार मन्त्री अधिकारी, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया, हेलिकोप्टर क्याप्टेन प्रभाकर के.सी. तथा मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरेको आत्मालाई चीर शान्ति र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्।
यस दुखद घडीमा विवेकशील साझा पार्टी भावपूर्ण श्रद्दान्जली ब्यक्त गर्दछ।
यस्ता घटना दोहोरिन नदिन दुर्घटनाको कारण यथासक्य छिटो पत्ता लगाउने तर्फ गम्भीर पहलका लागि पनि हामी सरकारलाई आग्रह गर्दछौँ।
डा. सूर्यराज आचार्य
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति: १५ फागुन २०७५