कोरोना बिरामीको उपचारमा अहोरात्र खटिने चिकित्सकमाथि दुर्व्यवहार हुनु अमानवीय

कोरोना बिरामीको उपचारमा अहोरात्र खटिने चिकित्सकमाथि दुर्व्यवहार हुनु अमानवीय

स्वास्थ्यकर्मी र कोरोना संक्रमितमाथि दुर्व्यवहार गर्नेहरूलाई कानुनी कारबाही गर्न सरकारसँग साझा पार्टीको माग

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९)का संक्रमितको उपचारमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्यव्यवहार हुनु अमानवीय र अपारधिक भएको भन्दै साझा पार्टीले आपत्ति जनाएको छ ।

मुलुकका विभिन्न भागमा कोरोना उपचारमा संलग्न चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण भएका समाचार प्रति ध्यानाकर्षण भएको भन्दै साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

‘हाल यत्रो ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव छ । त्यसका बावजुद आवश्यक विश्रामसमेत नलिइ बिरामीहरूको सेवामा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार हो,’ साझा पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान संकटकालीन अवस्थामा चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्न साझा पार्टीले आग्रह गरेको छ । नागरिकले आफ्नो कर्तव्य पूरा गरेमा कोरोनाविरुद्धको साझा लडाइँ सहज हुने उसको ठहर छ ।

स्वास्थ्यकर्मी र कोरोना संक्रमित व्यक्तिमाथि आक्रमण र दुर्व्यवहार गर्नेविरुद्ध कानुनी कारबाही गर्न साझाले सरकारसँग माग गरेको छ ।

काठमाडौंलगायत मुलुकका विभिन्न क्षेत्रमा स्वास्थ्यकर्मी र कोरोना संक्रमितमाथि दुर्व्यवहारका घटना सार्वजनिक भइरहेका छन् ।

Source: eKantipur

Strict action against those who abuse health workers: Sajha Party

Strict action against those who abuse health workers: Sajha Party

Kathmandu- The Sajha Party has objected to the recent mistreatment of doctors in different parts of the country, including the capital Kathmandu, as coronavirus cases are increasing daily.

In a statement issued on Sunday, the party’s Co- spokesperson Sharad Raj Pathak stated that the mistreatment of health workers, who have been fighting against the frontlines against the pandemic, by one’s neighbors was inhumane and unlawful.

“Any form of discrimination or abuse against another person is still a legally punishable offense. On top of that, there is a lack of adequate services in such a time of great public health crisis,” stated Pathak.

He added that the coronavirus pandemic should be tackled together, and doctors and security personnel should be supported in their work.

“It is the duty of every citizen to show the highest humanitarian sympathy in this hour of calamity, to do their best to help every other member of society in their difficulties, and to encourage all health workers, security personnel and emergency service providers, including doctors. Only if all citizens do so will our joint fight against COVID 19 be somewhat easier,” the statement said.

The Sajha party has demanded that the government ensure immediate legal action against any person or group who engages in abusive and discriminatory activities against health workers and people infected with the virus based on unnecessary suspicion.

“We urge the general public to play a role in ensuring that health workers across the country feel safe and respected,” the Sajha Party stated.

Source: KathmanduPost

स्वास्थ्यकर्मीलाई छरछिमेकबाट दुर्व्यवहार हुनु आपराधिक व्यवहार हो : साझा पार्टी

स्वास्थ्यकर्मीलाई छरछिमेकबाट दुर्व्यवहार हुनु आपराधिक व्यवहार हो : साझा पार्टी

काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरमा शनिबार स्वास्थ्यकर्मी बसेको घर घेराउ गर्दै स्थानीयले गरेको प्रदर्शनलाई साझा पार्टीले विरोध गरेको छ। आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको साझा पार्टीको ठहर छ।

‘अर्को व्यक्तिमाथि कुनै पनि खालको भेदभाव वा दुर्व्यवहार यसै पनि कानूनीरूपमा दण्डनीय कसुर हो।’आइतबार सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ त्यसमाथि हाल यत्रो ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव छ। त्यसका बावजुद आवश्यक विश्रामसमेत नलिई बिरामीहरूको सेवामा अहोरात्र खटिईरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार हो।’

पाठकले विपद्को यो घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाईमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य भएको बताएका छन्। उनले सबै नागरिकले त्यसो गरेमामात्र कोभिड १९ विरुद्धको हाम्रो साझा लडाईँ केही सहज हुने उल्लेख गरेका छन्।

स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभावजन्य क्रियाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न साझा पार्टीले सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘देशभरका स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाईराख्न आवश्यक भूमिका खेल्न साझा पार्टी आफ्ना सदस्य, शुभेच्छुक तथा आम सर्वसाधारणलाई अपील गर्दछ।’

शनिबार मिनभवनस्थित सिभिल अस्पतालमा कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मी बस्ने  बानेश्वर, मिलनचोकका होस्टल सञ्चालमाथि दुर्व्यवहार गर्दै स्थानीयले त्यहाँ चिकित्सक र नर्स नराख्न चेतावनीसमेत दिएका थिए। केही समय यता सिभिल अस्पतालमा कार्यरत  स्वास्थ्यकर्मी रोहित रानाले संचालन गरेको  लर्ड बुद्ध बोइज एण्ड गर्ल्स होस्टलका बस्दै आएका छन्।

यो संकटको समयमा ‘फ्रन्ट लाइन’मा खट्ने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु आम सर्वसाधारणको कर्तव्य हो। तर, काठमाडौंको नयाँ बानेश्वरमा शनिबार स्वास्थ्यकर्मी बसेको घर घेराउ गर्दै स्थानीयले छुद्र व्यवहार प्रदर्शन गरेका छन्।

स्वास्थ्यकर्मीको मेहनतका कारण नेपालमा कोरोना संक्रमण र मृत्युदर अन्य मुलुकको तुलनामा न्यून देखिएको छ। अन्य मुलुकमा स्वास्थ्यकर्मीको सम्मान भइरहँदा नेपालमा भने शृंखलाबद्ध रूपमा दुर्व्यवहारका घटना देखिन थालेको छ।

Source: AnnapurnaPost

 

 

स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार, अमानवीय र आपराधिक

स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार, अमानवीय र आपराधिक

कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा राजधानी काठमाडौँसहित देशका विभिन्न भागमा पछिल्ला दिनमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार भएका समाचारप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

अर्को व्यक्तिमाथि कुनै पनि खालको भेदभाव वा दुर्व्यवहार यसै पनि कानूनीरूपमा दण्डनीय कसुर हो। त्यसमाथि हाल यत्रो ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव छ। त्यसका बावजुद आवश्यक विश्रामसमेत नलिई विरामीहरूको सेवामा अहोरात्र खटिईरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार हो।

विपद्को यो घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाईमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य हो। सबै नागरिकले त्यसो गरेमामात्र कोभिड १९ विरुद्धको हाम्रो साझा लडाईँ केही सहज हुनेछ।

स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभावजन्य कृयाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न साझा पार्टी सरकारसँग जोडदार माग गर्दछ।

देशभरका स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाईराख्न आवश्यक भूमिका खेल्न साझा पार्टी आफ्ना सदस्य, शुभेच्छुक तथा आम सर्वसाधारणलाई अपील गर्दछ।

शरदराज पाठक
सहप्रवक्ता,
साझा पार्टी
७ भदौ २०७७