दशैँ भत्ता फिर्ता गर्ने निर्णय

कोभिड १९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलाे संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुँदैन।

मासिक तलब स्वत: खातामा आउने गर्दछ। बागमती प्रदेश सरकारले तलब सँगसँगै दशैँ भत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको छ।

मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु। दशैँ खर्च बापतको सो रकम कोभिड १९ को स्वास्थ्य कोषमा दाखिला गर्न समेत हार्दिक अनुरोध गर्दछु।

साथसाथै, सबै सांसदहरूलाई दशैँ भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड १९ नियन्त्रण र उपचारमा लगाउन पनि आग्रह गर्दछु।

शोभा शाक्य
बागमती प्रदेश
सभा सदस्य,
साझा पार्टी
मिति: ०२ कार्तिक २०७७

 

Pathak appointed as spokesperson for Sajha Party

Pathak appointed as spokesperson for Sajha Party

KATHMANDU, Oct 10: The Sajha Party has appointed Sharadraj Pathak as the new spokesperson for the party.

According to a press statement issued by the party, Pathak, who has been serving the party as its assistant spokesperson for the past six months, was appointed the party’s spokesperson on Saturday.

He had also filed his candidacy in the last federal elections from Chitwan-3. Similarly, Pathak, who has a master’s degree in Rural Development, has already been part of various national media where he played prominent leadership roles.

Source: myRepublica

शरदराज पाठक साझा पार्टीको प्रवक्ता नियुक्त

शरदराज पाठक साझा पार्टीको प्रवक्ता नियुक्त

काठमाडौँ — साझा पार्टीले ६ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ। उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट पार्टीका उम्मेदवार थिए।

ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए ।

उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्णको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए ।

सूर्यराज आचार्यले पार्टी परित्याग गरेपछि साझा पार्टीमा प्रवक्ता पद रिक्त रहेको थियो । पार्टी पुनर्संरचनाका लागि आफूहरुले राखेको प्रस्ताव अस्वीकृत भएपछि साझाका केन्द्रीय सदस्यद्वय सूर्यराज आचार्य र मुमाराम खनालले गत असार २८ गते पार्टी परित्याग गरेका थिए ।

कान्तिपुर

शरदराज पाठक साझा पार्टीको प्रवक्ता नियुक्त

शरदराज पाठक साझा पार्टीको प्रवक्ता नियुक्त

साझा पार्टीले छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ।

उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उमेदवार थिए।

ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए।

उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए।

केन्द्रीय सचिवालय
साझा पार्टी
बखुण्डोल, ललितपुर
मिति: २४ असोज २०७७

 

साझा पार्टीको केन्द्रीय समिति पुनर्गठन

साझा पार्टीले सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै पुनर्गठन गरेको छ, जसमा मूलत: युवाहरू रहेका छन्। गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो।

आफ्नो राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अझ व्यापक र विस्तारित गर्दै पार्टी निर्माणको अभियानलाई सुदृढ गर्न केन्द्रीय समिति पुनर्गठन गरिएको हो। यो पुनर्गठनसँगै साझा पार्टी आफ्ना राजनीतिक मुद्दा र विचार बोकेर देशभरी नै विश्वासिलो विकल्पका रूपमा जनता माझ जानेछ।

नयाँ जोडिएका ३७ जना सदस्यमा १० जना महिला रहेका छन्। यद्यपि, समय दिएर अग्र पंक्तिको राजनीतिक नेतृत्व लिन चाहने महिला लगायत विभिन्न समावेशी समूहका सदस्यको अझै पनि पार्टीले अभाव महसुस गरिरहेको छ। साझा पार्टी महिला तथा समावेशी नेतृत्वलाई व्यापकरूपमा प्रवर्द्धन गर्न चाहन्छ। अत: यसै विज्ञप्ति मार्फत हामी महिला लगायत सबै समावेशी समूहका सदस्यलाई वैकल्पिक र सुसंस्कृत राजनीतिको हाम्रो अभियानमा संलग्न हुन हार्दिक आह्वान गर्दछौँ।

केन्द्रीय समितिको पुनर्गठन सँगसँगै हामीले आफूलाई वैकल्पिक राजनीतिको गुरूत्वशक्ति बनाउने उद्देश्यका साथ समान विचार र उद्देश्य भएका राजनीतिक पार्टी, समूह र अभियानहरुसँग समेत पार्टी एकीकरण र ध्रुवीकरणको प्रक्रिया सुरु गरेका छौँ। देशमा परिणाममुखी लोकतन्त्र, सुशासन, विकास र संवृद्धि सुनिश्चित गर्ने हो भने अब फरक धारबाट अगाडि बढेका पछिल्ला राजनीतिक प्रयत्नहरुलाई एकिकृत गर्नुपर्छ भन्ने पार्टीको ठहर छ। नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरुको एकता आजको आवश्यकता हो।

राजनीतिलाई नयाँ दिशा दिने समय घर्किँदै गइरहेको छ। अब ढिलो गर्नु हुदैन र राजनीतिक विकल्प निर्माण गर्न सम्पूर्ण प्रयत्नहरू एकीकृत गर्नुपर्छ भन्ने हाम्रो विश्वास हो। त्यसका लागि देश-विदेशमा रहेका विभिन्न अभियान तथा नागरिक समूहहरू, पुराना दलका इमानदार, कर्मठ र देशभक्त नेता, सदस्य तथा शुभेच्छुकहरू सबैलाई एक जुट हुन हामी हार्दिक आह्वान गर्दछौँ।

साझा पार्टीको केन्द्रीय समितिमा जोडिएका नयाँ सदस्यहरूको नामावली:
महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल, हरि प्रसाद गौतम, अर्जुन प्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशब बहादुर मल्ल, सुशील राज देबकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे।

रवीन्द्र मिश्र
संयोजक,
साझा पार्टी
मिति: २२ असोज २०७७

 

के डा केसीलाई मार्न खोजेको?

के डा केसीलाई मार्न खोजेको?

डा गोविन्द केसीले २२ दिनदेखि जारी राखेको अनशनका क्रममा उनको स्वास्थ्य खतरनाकरूपमा नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारको उदासिनताबारे साझा पार्टी गम्भीर चिन्ता प्रकट गर्दछ।

डा केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन्? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपऱ्यो। होइन भने विश्वमै विरलै भेटिने डा केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपऱ्यो।

डा केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा छन्। तर यिनै दलले पटक पटक सरकारकाे नेतृत्व गर्दा पनि डा केसी उस्तै माग राखेर फेरी फेरी अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय हो।

वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र उनी छ पटक अनशन बसिसकेका छन्। यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन गरेको छैन। “कुचोले बढार्नु पर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस्” भनेझैँ रवैया प्रस्तुत गरिरहेको छ। के सरकारले डा केसीलाई मार्नै खोजेको हो?

पछिल्लाे पटक २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिवद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा केसी तिनै मागहरूसहित पुन: अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन? किन उल्टै जिम्मेवार मन्त्री खटाएर सरकार उनलाई गलत देखाउने चेष्टा गर्दैछ?

डा केसीको जारी अनसनका सबै मागप्रति पूर्ण ऐक्यवद्धता प्रकट गर्दै साझा पार्टीले सरकारलाई दबाब दिन कैलालीदेखि झापासम्मका विभिन्न जिल्लामा २ सातायता दबाबमूलक प्रदर्शन गर्दै आएको छ। सरकारी वेवास्ताले डा केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्नेमा हामी समयमै सचेत गराउन चाहन्छौँ।

शरदराज पाठक
सहप्रवक्ता, साझा पार्टी
१९ असोज २०७७

 

साझा ज्येष्ठ नागरिक संगठनको घोषणा

साझा ज्येष्ठ नागरिक संगठनको घोषणा

साझा पार्टीले आज ‘अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को अवसर पारेर नेपालका ज्येष्ठ नागरिकहरूको हक, हित, स्वास्थ्य र सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने पार्टीको लक्ष्यलाई मद्दत पुऱ्याउने उद्देश्यका साथ साझा ज्येष्ठ नागरिक संगठनको १५ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा गरेको छ।

तदर्थ समितिको संयोजकमा हाल महेन श्रेष्ठ रहनुभएको छ भने महासचिव चक्र न्यौपाने हुनुहुन्छ।

संयुक्त राष्ट्र संघले सन् १९९० मा अक्टोबर एक तारिखलाई ज्येष्ठ नागरिक दिवस घोषणा गरेको थियो।

कल्याणकारी लोकतन्त्रमा विश्वास गर्ने साझा पार्टी ज्येष्ठ नागरिकहरूको लोकतान्त्रिक अधिकारमात्र होइन सामाजिक सुरक्षा तथा सार्वजनिक स्वास्थ्य सेवामा सबैको निशुल्क पहुँच राज्यको अकाट्य दायित्व हुनु पर्छ भन्ने मान्यता राख्दछ।

नेपालमा ज्येष्ठ नागरिकहरूको संख्या २० लाखभन्दा बढी रहेको अनुमान गरिन्छ। सो संख्या हरेक वर्ष बढेर जाने विज्ञहरू बताउँछन्। तर नेपालमा ज्येष्ठ नागरिकहरूले ७० वर्षको उमेरपछि उपचार खर्च सहित मासिक रू तीन हजारको भत्ताबाहेक राज्यबाट उल्लेख्य सहयोग पाउँदैनन्। सो भत्ता पनि कसैले ६० वर्षकै उमेरदेखि प्राप्त गर्छन् भने कसैले ७० वर्ष पुग्नु पर्ने हुन्छ।

अर्कोतर्फ बैदेशिक तथा आन्तरिक रोजगारी, परम्परागत पारिवारिक संरचनामा आएको क्रमिक परिवर्तन र समग्रमा भन्नु पर्दा समाजको बदलिँदो चरित्रले गर्दा ज्येष्ठ नागरिकहरू बढ्दोरूपमा एक्लिँदै गएको देखिन्छ। एउटा जिम्मेवार राजनीतिक दलका रूपमा साझा पार्टी ज्येष्ठ नागरिकहरूको बदलिँदो अवस्थाका बारेमा अत्यन्त संवेदनशील छ।

साथै, साझा ज्येष्ठ नागरिक संगठन आम ज्येष्ठ नागरिकहरू लगायत देशको विभिन्न पेशा, व्यावसाय तथा समाजमा अनुभव, दक्षता, विज्ञता र प्रतिष्ठा कमाएकाहरूको पनि साझा मञ्च हुनेछ। उनीहरूले संगालेका ती अतुलनीय ज्ञान साझा पार्टीलाई विविध क्षेत्रमा दिशानिर्देश गर्न महत्वपूर्ण हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। ज्येष्ठ नागरिक समाजका बोझ होइनन्, अमूल्य सम्पत्ति हुन्।

साझा ज्येष्ठ नागरिक संगठन केन्द्रीय तदर्थ समितिका सदस्यहरू:
१। महेन श्रेष्ठ
२। कृष्णा ताम्राकार
३। प्रा डा जगन्नाथ श्रेष्ठ
४। विनय शर्मा
५। चक्र न्यौपाने
६। कीर्ति तुलाधार
७। विकल शेरचन
८। जगदिश्वर यादव
९। टिकाप्रसाद विमली
१०। डा बोधप्रसाद पराजुली
११। घनबहादुर शाह
१२। केवलमान श्रेष्ठ
१३। बलराम सापकोटा
१४। देविदत्त ज्ञवाली
१५। तारा ढुङ्गाना

शरदराज पाठक
सहप्रवक्ता,
साझा पार्टी
मिति: १५ असोज २०७७

 

साझा ज्येष्ठ नागरिक संगठनको घोषणा

साझा ज्येष्ठ नागरिक संगठनको घोषणा

साझा पार्टीले साझा ज्येष्ठ नागरिक संगठनको १५ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा गरेको छ।

बिहीबार ‘अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को अवसर पारेर नेपालका ज्येष्ठ नागरिकहरूको हक, हित, स्वास्थ्य र सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने पार्टीको लक्ष्यलाई मद्दत पुर्याउने उद्देश्यका साथ नागरिक संगठनको घोषणा गरेको साझाले जनाएको छ। उक्त समितिको संयोजकमा हाल महेन श्रेष्ठ र महासचिव चक्र न्यौपाने रहेका छन्।

समितिका अन्य सदस्यहरूम कृष्णा ताम्राकार, प्रा डा जगन्नाथ श्रेष्ठ, विनय शर्मा, कीर्ति तुलाधार, विकल शेरचन, जगदिश्वर यादव, टिकाप्रसाद विमली, डा बोधप्रसाद पराजुली, घनबहादुर शाह, केवलमान श्रेष्ठ, बलराम सापकोटा, देविदत्त ज्ञवाली र तारा ढुंगाना रहेका छन्

संयुक्त राष्ट्र संघले सन् १९९० मा अक्टोबर एक तारिखलाई ज्येष्ठ नागरिक दिवस घोषणा गरेको थियो।

साझा पार्टीले ज्येष्ठ नागरिकहरूको लोकतान्त्रिक अधिकारमात्र होइन सामाजिक सुरक्षा तथा सार्वजनिक स्वास्थ्य सेवामा सबैको निशुल्क पहुँच राज्यको अकाट्य दायित्व हुनुपर्छ भन्ने मान्यता राख्ने जनाएको छ।

Nepal Khabar

साझाले बनायो जेष्ठ नागरिक संगठन, संयोजकमा श्रेष्ठ

साझाले बनायो जेष्ठ नागरिक संगठन, संयोजकमा श्रेष्ठ

साझा पार्टीले जेष्ठ नागरिक संगठन बनाएको छ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा बिहीबार साझाले महेन श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय तदर्थ केन्द्रीय समिति बनाएको हो।

साझा जेष्ठ नागरिक संगठनको महासचिव चक्र न्यौपाने हुन्।

‘कल्याणकारी लोकतन्त्रमा विश्वास गर्ने साझा पार्टी ज्येष्ठ नागरिकहरूको लोकतान्त्रिक अधिकारमात्र होइन सामाजिक सुरक्षा तथा सार्वजनिक स्वास्थ्य सेवामा सबैको निशुल्क पहुँच राज्यको अकाट्य दायित्व हुनु पर्छ भन्ने मान्यता राख्दछ,’ साझाले निकालेको विज्ञप्तिमा उल्लेख छ।

सेतोपाटी

स्पष्टीकरण: साझाले ०७५/७६ को खर्च विवरण निर्वाचन आयोगमा समयमै बुझाएको छ।

स्पष्टीकरण: साझाले ०७५/७६ को खर्च विवरण निर्वाचन आयोगमा समयमै बुझाएको छ।

आज केही समयअघि अनलाईनखबर डट कममा प्रकाशित “७८ दलले बुझाएनन् खर्च विवरण, साझा पनि चुक्यो” शीर्षकको समाचारप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

साझा पार्टीले उक्त आर्थिक बर्ष ०७५/७६ को लेखा परिक्षण विवरण निर्धारित समयसिमाभित्रै आयाेगमा बुझाएर आफ्नो वेबसाइटमा पनि सो विवरण राखेको छ।

सो विवरण नबुझाएको भए राजनीतिक दल सम्बन्धि एेनकाे प्रावधान अनुसार साझा पार्टीले गत बर्ष मंसिरमा सम्पन्न उप-निर्वाचनमा भाग नै लिन पाउने थिएन। साझा पार्टीले उप-निर्वाचनमा भाग लिएकाे तथ्य विदित नै छ।

कसरी यस्तो समाचार प्रेषित भयो भनि हामीले निर्वाचन आयोगमा सम्पर्क गर्दा, आयाेगका सम्बन्धित अधिकारीले ‘सानो प्रशासनिक त्रुटी भएको’ स्वीकार गर्दै हाल साझा पार्टीकाे नाम आयाेगले साे विवरण समयमै बुझाउने दलकाे सूचीमा सूचीकृत गरिसकिएकाे स्पष्ट गर्नुभएकाे छ।

तसर्थ, गलत सन्देश दिने सो समाचारको शीर्षक र समाचार सच्याइदिन या यो स्पष्टीकरणलाई उक्त समाचार जत्तिकै महत्वका साथ प्रकाशन गरिदिन हामी अनुरोध गर्दछौँ।

कहिलेकाहिँ यस्ता गल्ती हुन्छन्। तर तिनले सम्वन्धित व्यक्ति वा संस्थाको छविमा आँच पुऱ्याउन सक्ने हुनाले सबै पक्षलाई यस्ता विषयमा संवेदनशील भइदिन हामी हार्दिक आग्रह गर्दछौँ।

शरदराज पाठक
सहप्रवक्ता, साझा पार्टी
मिति: ११ असोज २०७७