शरदराज पाठक साझा पार्टीको प्रवक्ता नियुक्त

शरदराज पाठक साझा पार्टीको प्रवक्ता नियुक्त

काठमाडौँ — साझा पार्टीले ६ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ। उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट पार्टीका उम्मेदवार थिए।

ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए ।

उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्णको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए ।

सूर्यराज आचार्यले पार्टी परित्याग गरेपछि साझा पार्टीमा प्रवक्ता पद रिक्त रहेको थियो । पार्टी पुनर्संरचनाका लागि आफूहरुले राखेको प्रस्ताव अस्वीकृत भएपछि साझाका केन्द्रीय सदस्यद्वय सूर्यराज आचार्य र मुमाराम खनालले गत असार २८ गते पार्टी परित्याग गरेका थिए ।

कान्तिपुर

Pathak appointed as spokesperson for Sajha Party

Pathak appointed as spokesperson for Sajha Party

KATHMANDU, Oct 10: The Sajha Party has appointed Sharadraj Pathak as the new spokesperson for the party.

According to a press statement issued by the party, Pathak, who has been serving the party as its assistant spokesperson for the past six months, was appointed the party’s spokesperson on Saturday.

He had also filed his candidacy in the last federal elections from Chitwan-3. Similarly, Pathak, who has a master’s degree in Rural Development, has already been part of various national media where he played prominent leadership roles.

Source: myRepublica

साझा ज्येष्ठ नागरिक संगठनको घोषणा

साझा ज्येष्ठ नागरिक संगठनको घोषणा

साझा पार्टीले साझा ज्येष्ठ नागरिक संगठनको १५ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा गरेको छ।

बिहीबार ‘अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को अवसर पारेर नेपालका ज्येष्ठ नागरिकहरूको हक, हित, स्वास्थ्य र सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने पार्टीको लक्ष्यलाई मद्दत पुर्याउने उद्देश्यका साथ नागरिक संगठनको घोषणा गरेको साझाले जनाएको छ। उक्त समितिको संयोजकमा हाल महेन श्रेष्ठ र महासचिव चक्र न्यौपाने रहेका छन्।

समितिका अन्य सदस्यहरूम कृष्णा ताम्राकार, प्रा डा जगन्नाथ श्रेष्ठ, विनय शर्मा, कीर्ति तुलाधार, विकल शेरचन, जगदिश्वर यादव, टिकाप्रसाद विमली, डा बोधप्रसाद पराजुली, घनबहादुर शाह, केवलमान श्रेष्ठ, बलराम सापकोटा, देविदत्त ज्ञवाली र तारा ढुंगाना रहेका छन्

संयुक्त राष्ट्र संघले सन् १९९० मा अक्टोबर एक तारिखलाई ज्येष्ठ नागरिक दिवस घोषणा गरेको थियो।

साझा पार्टीले ज्येष्ठ नागरिकहरूको लोकतान्त्रिक अधिकारमात्र होइन सामाजिक सुरक्षा तथा सार्वजनिक स्वास्थ्य सेवामा सबैको निशुल्क पहुँच राज्यको अकाट्य दायित्व हुनुपर्छ भन्ने मान्यता राख्ने जनाएको छ।

Nepal Khabar

साझाले बनायो जेष्ठ नागरिक संगठन, संयोजकमा श्रेष्ठ

साझाले बनायो जेष्ठ नागरिक संगठन, संयोजकमा श्रेष्ठ

साझा पार्टीले जेष्ठ नागरिक संगठन बनाएको छ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा बिहीबार साझाले महेन श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय तदर्थ केन्द्रीय समिति बनाएको हो।

साझा जेष्ठ नागरिक संगठनको महासचिव चक्र न्यौपाने हुन्।

‘कल्याणकारी लोकतन्त्रमा विश्वास गर्ने साझा पार्टी ज्येष्ठ नागरिकहरूको लोकतान्त्रिक अधिकारमात्र होइन सामाजिक सुरक्षा तथा सार्वजनिक स्वास्थ्य सेवामा सबैको निशुल्क पहुँच राज्यको अकाट्य दायित्व हुनु पर्छ भन्ने मान्यता राख्दछ,’ साझाले निकालेको विज्ञप्तिमा उल्लेख छ।

सेतोपाटी

डाक्टर केसीलाई अस्पतालमा स्थानान्तरण गर्न माग राख्दै साझा पार्टीको विशेष टोली जुम्लामा

डाक्टर केसीलाई अस्पतालमा स्थानान्तरण गर्न माग राख्दै साझा पार्टीको विशेष टोली जुम्लामा

जुम्ला — चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशन बसेका डाक्टर गोविन्द केसीको पाँचौ दिनमै स्वास्थ्य बिग्रदै गएको छ । उनको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण माग राख्दै साझा पार्टीको विशेष टोली जुम्ला पुगेको छ ।

स्वास्थ्य शिक्षा तथा सेवामा हरेक नागरिकको समान पहुँचको सुनिश्चितताका लागि माग राख्दै जुम्लाको रानिचौरस्थित बाविरामष्ट मन्दिर परिषरमा सुरु गरेको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउन देशका विभिन्न ठाउँबाट साझा पार्टीको विशेष टोली जुम्ला पुगेको हो ।

यसअघिका सत्याग्रहमा धेरै दिनसम्म स्वस्थ देखिने डा.केसीको स्वास्थ्य यो पटक सत्याग्रहको पाँचौ दिनमै नाजुक बन्दै गएको चिकित्सहरुले बताएका छन् । उनलाई तुरुन्तै अस्पतालमा स्थानान्तरण गर्नु पर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

कान्तिपुर

अनशनरत डा. केसीलाई सुविधायुक्त अस्पतालमा स्थानन्तरण गर्न साझा पार्टीको माग

अनशनरत डा. केसीलाई सुविधायुक्त अस्पतालमा स्थानन्तरण गर्न साझा पार्टीको माग

साझा पार्टीले जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएका कारण तत्काल सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सरकारसँग माग गरेको छ ।

सत्याग्रह स्थल जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिर परिसर पुगेको साझा पार्टीको टोलीले चिकित्सकहरूकै सुझाबको आधारमा सुविधा सम्पन्न अस्पतालमा स्थानन्तरण गर्न सुझाब दिएको बताएको छ ।

साझा पार्टीको बिशेष टोलीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीका जनमुखी माग र उनको स्वास्थ अवस्थाका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

‘डा. केसीले समतामूलक, भ्रष्टाचाररहित र न्यायपूर्ण समाजका लागि राखेका मागहरू आफूलाई समाजवादी भन्ने कम्युनिस्ट सरकारको आफ्नै एजेण्डा हुनु पर्ने हो । तर विडम्वनाको कुरा, सामान्य अवस्था होस् या अहिले कोभिड १९ को असामान्य अवस्था, सरकार भ्रष्टाचार, नातावाद र कृपावादमा मात्र होइन लोकतन्त्र र संविधानकै धज्जी उडाउने गरि चोर बाटोबाट नियुक्ति र मनोनयन गर्नमा व्यस्त छ,’ विज्ञप्तिमा उल्लेख छ ।

Onlinekhabar

वामदेवको मनोनयन विकृत लोकतन्त्रको घातक विडम्बना: साझा पार्टी

वामदेवको मनोनयन विकृत लोकतन्त्रको घातक विडम्बना: साझा पार्टी

साझा पार्टीले प्रतिनिधि सभा चुनावमा पराजित नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाइएकोमा गम्भीर आपत्ती जनाएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त पार्टीका सहप्रवक्ता शरदराज पाठकले राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना भएको बताएका छन्।

‘यो आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास हो। लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार हो। यसबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुन: एक पटक “तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन” भन्ने हठी सन्देश दिएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘संविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्वनापूर्ण विषय हो।’

संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई मन्त्री बन्न रोक लगाएको अवस्थामा चर्चामा रहेजस्तो अनेक छिद्र खोजेर गौतमलाई मन्त्रीमण्डलमा नलैजान साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।

‘नागरिकप्रतिको चरम वेवास्ताका कारण जनआक्रोश अत्यन्त चुलिएको समयमा नागरिकलाई झनै चिढ्याइए त्यसले मुलुकलाई अकल्पनीय राजनीतिक दुर्घटनाको बाटोमा लैजान सक्नेतर्फ हामी सरकारलाई समयमै सचेत गराउछौँ,’ विज्ञप्तिमा भनिएको छ।

गत चुनावमा बर्दिया-१ बाट पराजित भएका वामदेवले बिहीबार राष्ट्रिय सभा सदस्यको सवथ लिएका थिए।

सेतोपाटी

Gautam’s appointment as National Assembly member is a mockery of democracy: Sajha Party

Gautam’s appointment as National Assembly member is a mockery of democracy: Sajha Party

Sajha Party has strongly objected to the appointment of ruling Nepal Communist Party leader Bamdev Gautam as a National Assembly member.

Issuing a press release on Friday, the party said that Gautam’s entry into the Upper House of the federal parliament has truly undermined the people’s verdict.

“Gautam who has been living an elite’s life by practicing Communist politics in the name of the poor people of Nepal, has faced corruption charges, and lost to elections, has made a backdoor entry into the upper house even as only people of repute and expertise deserve to be nominated to the post in line with the constitution. This is, in fact, a dangerous irony of Nepal’s disfigured democracy,” Sajha Party said in the press release.

The ruling party is following a wrong practice by nominating those rejected by the people to parliament, the party observed. Arguing that Gautam’s appointment to the post of Upper House member is a mockery of democracy, the party said that it also seriously undermined the spirit of democratic values enshrined in the constitution.

“Gautam’s appointment has given the message that the government does not care what the people think about its authoritarian, corrupt and illiberal attitude it has shown in recent times through its own behaviors,” read the press release.

The party also raised questions on President Bidya Devi Bhandari’s decision to approve Gautam as a National Assembly member. “Being the patron of the Constitution, the President should have taken care of the integrity of the Upper House before endorsing Gautam’s appointment as an NA member,” the party said.

The Rabindra Mishra-led party also urged Prime Minister Oli not to induct Gautam as a minister in his Cabinet from the backdoor as Article 78 (4) of the Constitution bars people losing elections to the House of Representatives from becoming a minister.

Despite widespread criticism, President Bhandari appointed ruling NCP Vice Chairperson Gautam to the post of National Assembly member on Thursday.  Gautam was administered the oath of office and secrecy on Thursday afternoon.

 – MyRepublica

बामदेवलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझाको आपत्ति, मन्त्री नबनाउन आग्रह

बामदेवलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझाको आपत्ति, मन्त्री नबनाउन आग्रह

प्रतिनिधि सभाको गत निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टीले आपत्ति जनाएको छ। राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना भएको साझाले जनाएको छ।

पार्टिका सहप्रवक्ता शरदराज पाठकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गौतमलाई राष्ट्रिय सभामा लैजानु आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास र लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार भएको ठहर गरेको हो।

‘यसबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुनः एक पटक ‘तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन भन्ने हठी सन्देश दिएको छ।’ विज्ञप्तिमा भनिएको छ। ‍‘संविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्वनापूर्ण विषय हो।’ साझा पार्टीले गौतमलाई मन्त्रिमण्डलमा नलैजान समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।

नागरिक दैनिक

साझा पार्टीको प्रश्न- खान नपाएर नागरिकको बिचल्ली, सरकार कहाँ छ?

साझा पार्टीको प्रश्न- खान नपाएर नागरिकको बिचल्ली, सरकार कहाँ छ?

साझा पार्टीले दैनिक ज्यालादारी गरी हातमुख जोर्ने जनतालाई सरकारले राहत प्रदान गर्न नसकेको बताएको छ।

निम्न वर्गीय नागरिकहरूमा चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्था देखिएको लामो समय भए पनि सरकारले राहत सहयोग नगरेको साझाको भनाइ छ।

पार्टीका सहप्रवक्ता शरदराज पाठकले शुक्रबार विज्ञप्ति निकालेर नियमित आयस्रोत बन्द भएका दैनिक ज्यालादारी गरेर छाक टार्नेहरू खान नपाएर मर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका हुन्।

‘दैनिक ज्यालादारी गरेर साँझ बिहान छाक टार्नेहरूदेखि नियमित आयको स्रोत बन्द भएका निम्न मध्यम वर्गीय नागरिकहरूसम्म चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्थाबाट गुज्रिएको लामो समय भइसक्यो। परिणामास्वरूप, कयौं नागरिक खान नपाएर मर्दैछन्, बिरामीहरू अस्पताल नपाएर मर्दैछन्। कोरोना संक्रमणले दिनप्रतिदिन भयावह रूप लिँदैछ,’ उनले भनेका छन्।

यस्तो अवस्थामा पनि सरकार कमिसन, ठेक्कापट्टा, शक्ति संघर्ष, राजनीतिक षडयन्त्र र चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजाने प्रपञ्चमा व्यस्त रहको आरोप साझाको छ।

‘विपद्को घडीमा समेत जनतालाई राहत प्रदान गर्न मूलत: व्यक्ति र संस्थाहरू नै चाहिने हो भने स्थानीय सरकार केका लागि हो? ‘अब कोही भोकै बस्नु पर्दैन, गरिबीका कारण कोही भोकै मर्दैन” भन्ने प्रधानमन्त्री कसका लागि हुन्?,’ साझाको प्रश्न छ, ‘स्थानीय सरकार र अन्य सरकारी संयन्त्रलाई राहतका लागि निर्देशनमात्र दिएर पुग्दैन। खै उनीहरूले राहत पाएका? पाएका भए देशभरि कारूणीक दृष्यहरू किन देखिइरहेका छन्?’

साझा पार्टीले सम्भव भएका सबै सरकारी संयन्त्र परिचालन गरेर देशभरि देखिइरहेका कारूणीक अवस्थालाई तुरून्त सम्बोधन गर्न सरकारसँग माग गरेको हो।

साथै, यो कष्टकर घडीमा अनेक समस्या सहेर भोक र रोग पीडितहरूको सहयोगार्थ काम गरिरहेका सम्पूर्ण मनकारी व्यक्ति तथा संस्थाहरूप्रति साझाले आभार व्यक्त गरेको जनाएको छ।

‘ती व्यक्ति र संस्थाहरूलाई हर प्रकारका सम्भाव्य सहयोग गर्न हामी पार्टीका सदस्य, शुभेच्छुक लगायत सबैलाई हार्दिक अपील गर्दछौँ,’ पाठकले निकालेको विज्ञप्तिमा उल्लेख छ।

साभार: सेतोपाटी