नैतिकसंगै आर्थिक सहयोगका लागि अपिल

(प्राप्त सहयोग र प्रतिवद्धता विवरण)

साझा विवेकशील पार्टी एकै पुस्तामा यो देश रूपान्तरण गर्न सकिन्छ भन्ने दृढ विश्वासका साथ अघि बढीरहेको छ।

त्यसलाई मुर्त रूप दिन हामी संगठन तथा सदस्यता विस्तार यात्रा र विशेष अभियानहरूमा छौं। तपाईंको सहयोगबिना हामी हाम्रो सामूहिक उद्देश्य हासिल गर्न सक्दैनौं।

हामीले हालसम्म जे हासिल गर्यौं त्यो तपाईंको सानो-ठूलो सहयोगकै परिणाम हो। हाम्रा खर्च विवरण हामीले www.sajhaparty.org मा अध्यावधिक गर्ने गरेका छौं।

हामी नेपालभित्र र नेपाल बाहिर रहेका नेपालीहरूबाट कमसेकम ५०० जना बार्षिक सहयोगीको खोजिमा छौं जसले हामीलाई वर्षको रू १२ हजारदेखि रू १ लाखसम्म सहयोग गर्न सकुन्।

ती सबै दाताको नाम र फोटो, उहाँहरूले खुलाउन चाहेको खण्डमा, हाम्रो फेसबुक पेजमा अध्यावधिक गर्दै जानेछौं। उहाँहरू विवेकशील साझा पार्टीका “विशेष सहयोगी” हुनु हुनेछ। तर तपाईं वार्षिक नभएर एक पटकका लागि मात्र, र रू १२ हजार नभएर त्योभन्दा धेरै सानो रकम पनि सहयोग गर्न सक्नुहुनेछ।

सहयोग गर्नका लागि परिस्कृत पौडेललाई ‌+9779851253002 मा, डा उमेद पुनलाई ‌+232 78869521 मा अथवा funds@sajhaparty.org मा इमेल गर्न सक्नुहुनेछ। हाम्रो वेबसाइटमा पनि आवश्यक जानकारी उपलब्ध छ।

सन्सारभरी नै राजनीतिक दलहरू शुभेच्छुकहरूको सहयोगबाटै चल्ने हो। प्रश्न मात्र पारदर्शिताको हो, जसमा हामी प्रतिवद्ध छौं।

तपाईंले गर्ने सानो-ठूलो सहयोग तपाईं-हाम्रो भविष्य र सन्तानका लागि गरिने लगानी हो, जसको प्रतिफल हाम्रै परिवारका सदस्यहरूले प्राप्त गर्नेछन्।

नेपालको जय होस्!

डा उमेद पुन
प्रमुख
कोष संकलन विभाग
साझा विवेकशील पार्टी