गुठी बिधेयकबारेको प्रदर्शनमा सरकारी दमनको बिरोध

गुठीका जग्गा व्यवस्थापनको विषयमा भएका विवादहरु नजर अन्दाज गर्दै सरकारद्वारा चालिएका कदमहरुको साझा विवेकशील पार्टी घोर भत्सना गर्दछ।
गुठीको जग्गा व्यवस्थापन, सामान्य जग्गा व्यवस्थापन जस्तो नभई यसका प्राविधिक विषय धार्मिक आस्था, सास्कृतिक सम्पदा र सामाजिक भावना संग जोडिएका संवेदनशील विषय हुन।
सरकारद्वारा प्रस्तावित बिधेयकका प्रावधान बारेमा नागरिक तहबाट दवाब र प्रतिक्रिया हुनु स्वभाविक छ। यसै सिलसिलामा आज काठमाडौंको नयाँ बानेश्वरमा गरिएको शान्तिपुर्ण विरोध प्रदर्शन माथि सरकारको निर्मम दमन र धरपकड अत्यन्तै निन्दनिय छ।
सरकारको यो कदमले सामान्य अधिकारको मान्यता अनुसार सरकारका कामकारवाही बिरुद्ध प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गरेको छ भने जनतामा ठूलो आघात समेत पुगेको छ।
तसर्थ, सरकोकारवालाहरु सँगको परामर्श पछि मात्रै सो विधयेक सम्वन्धी निर्णयमा अगाडी वढ्न साझा विवेकशील पार्टी सरकार सँग जोडदार माग गर्दछ।
साझा पार्टी उक्त घटनामा घाइते भएकाहरुको उपचारका लागि सरकारसँग माग गर्दछ साथै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना गर्दछौं।
सूर्यराज आचार्य
प्रवक्ता
साझा विवेकशील पार्टी
२६ जेठ, २०७६

 

0

Leave a Reply

Your email address will not be published. Required fields are marked *
You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>