थप जानकारी

अधिकांश लोकतान्त्रिक देशमा राजनीतिक दल सञ्चालन हुने भनेको मूलरूपमा आमसर्वसाधारणले दिएको आर्थिक सहयोगबाटै हो।

तसर्थ तपाईंको सहयोग हाम्रा लागि अत्यन्तै महत्वपूर्ण हुन्छ। साझा विवेकशील पार्टीलाई तपाईंले गर्ने सहयोग भनेको निहित व्यक्तिगत स्वार्थ पूर्तिका लागि नभई यो देशको सुशासन र समुन्नतिका लागि गर्ने लगानी हो जसको प्रतिफल तपाईं-हामी, हाम्रो परिवार र सन्तान-दरसन्तानको जीवनमा प्रतिविम्बित हुनेछ।

हामी हरेक चन्दादाताको नाम र रकम हाम्रो वेबसाइटमा बेलाबालमा अध्द्यावधिक गर्ने गर्दछौं।

यदि कुनै दाताले कुनै व्यक्तिगत कारण जनाई आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरेमा सो सहयोग साझा विवेकशील पार्टीको अन्तरिक अभिलेखमा जनाई नाम सार्वजनिक गरिने छैन।

साझा विवेकशील पार्टीको सदस्यता लिन, हामीलाई आर्थिक सहयोग गर्न या स्वयंसेवी बन्न तलका नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। उहाँहरूले तपाईंलाई या त आफैं सहयोग गर्नुहुनेछ या सहयोग गर्न सक्ने प्रदेश/जिल्ला नेतृत्वलाई सम्पर्क गराइ दिनुहुनेछ।

सदस्यता/स्वयंसेवाको लागि लक्ष्मी घिमिरे: ०१-५५३६०६२, ०१-५०१०६०९ (कार्यालय), ९८५१२५३००१(मोबाइल)। अथवा info@sajhaparty.org मा इमेल गर्न सक्नुहुनेछ।

आर्थिक सहयोगको लागि परिस्कृत पौडेल: ‌+9779851253002 (मोबाइल) या डा उमेद पुन: ‌+232 78869521 (मोबाइल)। अथवा, funds@sajhaparty.org मा इमेल गर्न सक्नुहुनेछ।